गृहपृष्ठ खबर बाणगंगामा कोरोना संक्रमितको संख्या बढ्दो, थपिए ४ संक्रमित

बाणगंगामा कोरोना संक्रमितको संख्या बढ्दो, थपिए ४ संक्रमित

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप चार कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु ३ जना पुरुष र १ जना महिला हन् । बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले दिएको जानकारी अनुसार थपिएका चार संक्रमितमध्ये २ जना वित्तिय क्षेत्रका कर्मचारी हुन् जसमा एक जना बैङका हाकिम समेत रहेका छन् ।

पौडेलका अनुसार थपिएका संक्रमितहरुले नीजि स्तरबाट स्वाब परिक्षण गराउँदा रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरु वडा नम्बर २ का ३७ र ३४ बर्षीय पुरुष हुन् । त्यस्तै अन्य २ जना भने वडा नम्बर ७ का ३४ बर्षीय पुरुष र वडा नम्बर ४ की ५० बर्षीय हुन् ।

सम्बन्धित् समाचार