गृहपृष्ठ खबर चेन्नइमाथि राजस्थानको सहज जित

चेन्नइमाथि राजस्थानको सहज जित

प्रकाशित मिति:

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्स राजस्थान रोयल्ससँग पराजित भएको छ। अबुधावीस्थित शेख जायेद स्टेडियममा सम्पन्न खेलमा राजस्थानले चेन्नइलाई ७ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको सामान्य योगफल बनाएको थियो।

चेन्नइका लागि रबिन्द्र जडेजाले सर्वाधिक अभिजित ३५ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनीले २८ रन बनाए। त्यस्तै साम करनले २२ रन बनाउँदा अम्बाती रायडुले १३ रन जोडे।

उता राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल तेवातियाले समान १र१ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका ब्याट्सम्यान सुरूमा नजमे पनि कप्तान स्टिभ स्मिथ र जोस बटलरले पारि सम्हालेका थिए।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक अभिजित ७० रन बनाए। त्यस्तै कप्तान स्मिथले अभिजित २६ रन जोड्दा बेन स्टोक्सले १९ रन बनाए। चेन्नइका लागि दीपक चहरले २ तथा जोस हेजलउडले १ विकेट लिए।

 

सम्बन्धित् समाचार