गृहपृष्ठ खबर कपिलवस्तुमा एक वडाअध्यक्षमाथि वडासचिव कुटेको आरोप

कपिलवस्तुमा एक वडाअध्यक्षमाथि वडासचिव कुटेको आरोप

कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं ७ का अध्यक्ष जर्नादन प्रसाद चौधरीले वडा सचिव रामेश गुप्तालाई कुटपिट गरेका छन । जन्म दर्ताको मिति सच्चाउने विषयमा विवाद हुदा वडाअध्यक्ष चौधरीले वडा सचिव गुप्तालाई कुटपिट गरेका हुन ।

वडाअध्यक्ष चौधरीले आज विहान १० बजे कार्यालय खुल्ने वित्तिकै सचिव माथि हातपात गरेको वडा सचिव रामेश गुप्ताले जानकारी दिनु भयो । वडा अध्यक्ष दादगिरी शैलीमा आफुमाथि कुटपिट गरेको वडा सचिव गुप्ताले बताउनु भयो ।

यता वडा अध्यक्ष जर्नादन चौधरीले जन्मदर्ताको अभिलेख माग गर्दा समान्य विवाद भएको तर आफुले हातपात नगरेको बताउनु भयो । उहाले भन्नु भयो “मैले सविचलाई पटकपटक अभिलेख माग गर्दा बाहाना बनाउदै दराजको साचो नदिएपछी साचो मात्र खोसेको हु ।”
वडाअध्यक्ष जर्नादन चौधरी र वडा सचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन ।

 

सम्बन्धित् समाचार