गृहपृष्ठ खबर मेयर सिंहलाई कोरोना संक्रमण, कपिलवस्तु नगरपालिकाका कार्तिक १५ सम्मका लागि बन्द

मेयर सिंहलाई कोरोना संक्रमण, कपिलवस्तु नगरपालिकाका कार्तिक १५ सम्मका लागि बन्द

कपिलवस्तु : कपिलवस्तु नगरपालिका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर सिंहलाई बुधवार कोरोना संक्रमित पुष्टी भएको कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एक साता अघि उनी सहीत नगरपालिकाका १८ जना कर्मचारीहरुको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो ।

जसमा सबै जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । मेयर सिंहकी श्रीमति र छोरा कोरोन संक्रमित भए पछि उनको स्वाब संकलन गरिएको थियो । मेयर सिंहले आफु जनतासंग प्रत्यक्ष संपर्कमा आई काम गर्नेक्रममा कोरोना संक्रमित भएको बताए । उनले आफनो स्वास्थ्य अवस्था सामान्य रहेकेो बताए । नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक, कपिलवसतु नगरपालिका वडा नम्बर ६ का वडा सचिव समेत कोरोना संक्रमित भएका छन ।

यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित निग्लीहवा स्वास्थय चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन । कपिलवस्त्ु नगरपालिकाका मेयर सहीत १८ जना नै कोरोना संक्रमित भए पछि नगरपालिका बुधवार दिउसो देखि कार्तिक १५ गते सम्मकालागि बन्द गरिएको छ ।

यस्तै निग्हिवा स्वास्थ्य चौकी समेत बन्द गरिएका मेयर सिंहले बताए । जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जन स्वास्थ्य अधिकृत योगेन्द्र भगत अनुसार बुधवार कपिलस्तुमा ३६ जना कोरोना सक्रमित थपिएका छन । यससंगै जिल्लामा १५ सय ३६ जना कोरोना संक्रमित भएका छन । जसमध्ये अहिले ढेड सय बढी सकृय संक्रमित छन भने १३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार