गृहपृष्ठ खबर मुम्बईमाथि राजस्थान ८ विकेटले विजयी

मुम्बईमाथि राजस्थान ८ विकेटले विजयी

एजेन्सी (अबुधाबी ) : जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० को आफ्नो ११ औँ खेलमा साविक विजेता मुम्बई इन्डियन्स पराजित भएको छ। आइतबार राति भएको खेलमा मुम्बई राजस्थानसँग ८ विकेटले पराजित भएको हो।

बेन स्टोक्सको शतक मद्दतमा राजस्थान विजयी भएको हो। उनले नटआउट १०७ रन बनाए। उनले ६० बलमा ३ छक्का र १४ चौका हिर्काए। शेख जायद रंगशालामा मुम्बईले टस जितेर ब्याटिङ गर्दै ५ विकेट गुमाएर राजस्थानलाई १९६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य राजस्थानले १८।२ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो।

राजस्थानका लागि ओपनर बेन स्टोक्सले सर्वाधिक १०७ रन को विजयी स्कोर बनाए। त्यस्तै सञ्जु सामसोनले ५४ रनको योगदान गरे। मुम्बईका जेम्स प्याटिन्सनले २ विकेट लिए।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि हार्दिक पाण्ड्याले ६० रन जोडे। उनले २१ बल खेल्दै ७ छक्का र २ चौका हिर्काए। त्यस्तै सूर्यकुमार यादवले ४० र इशान किसनले ३७ रन बनाए।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २÷२ विकेट हात पारे। त्यस्तै कार्तिक त्यागीले १ विकेट झारे।

मुम्बईले हार व्यहोरे पनि शीर्षस्थानमै कायम रहेको छ। मुम्बई नेट रनरेटका आधारमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरभन्दा हो। यी तिनै टोलीले समान ११ खेल खेल्दा समान ७ खेलमा जित हात पारेका छन्। रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा कोलकाता नाइट राइडर्स र किंस ११ पञ्जाव भिड्दैछन्।

 

सम्बन्धित् समाचार