
कपिलवस्तु : कपिलवस्तु कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउँसो आगलागी भएको छ । । कम्पाइनबाट कटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको बताएको छ । दिउँसो करिब ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ् भने करिब २ लाख ५० बराबरको क्षति भएको सशत्र प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्दले जानकारी दिएका छन् ।
आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनाएको छ । के-कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जानकारी पाएलगत्तै कृष्णनगर नगरपालिकाको दमकल, सशत्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय मान्छेहरु पुगेको र अथक् प्रयासले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।








