गृहपृष्ठ खबर आईपीएल : कोलकताविरुद्ध चेन्नइको रोमाञ्चक जित

आईपीएल : कोलकताविरुद्ध चेन्नइको रोमाञ्चक जित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्स चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकता ६ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन जोडेको थियो।

कोलकताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाए। त्यसबाहेक सुभमन गिलले २६ रन बनाउँदा दिनेश कार्तिक २१ रनमा अभिजित रहे। त्यस्तै कप्तान इयोन मोर्गन १५ रनमा आउट भए।

उता चेन्नइका लागि लुङ्गी नगिदीले २ विकेट लिँदा मिचेल सान्तनर, रवीन्द्र जडेजा र कर्ण शर्माले समान १र१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रेको चेन्नइले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। चेन्नइका लागि ऋतुराज गाइकवाडले सर्वाधिक ७२ रन बनाउँदा अम्बाती रायडूले ३८ रन बनाए। त्यस्तै अन्तिम दुई बलमा छक्का प्रहार गर्दै खेल चेन्नइको पक्षमा ल्याएका रवीन्द्र जडेजाले अभिजित ३१ रन बनाए।

उता कोलकताका लागि प्याट कमिङ्स र वरुण चक्रवर्तीले समान २र२ विकेट लिए।

 

सम्बन्धित् समाचार