वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगामा १ दिने बिपश्यना ध्यान शिविर हुने भएको छ । कात्तिक १५ गते बाणगंगाको मधुबनधाममा बिपश्यनाका पुराना साधकहरुको लागी आज बिपश्यना ध्यान शिविर हुन लागेको हो ।
कपिलवस्तु महाबन बिपश्यना केन्द्र धम्म नन्दनको आयोजनामा हुन लागेको शिविर अव नियमित हुने र बिस्तारै १० दिनसम्मको बिपश्यना ध्यान शिविर हुने बरिष्ठ समाजसेवि पोम नारायण पौडेलले जानकारी दिए ।
अव यस क्षेत्रका साधकहरुलाई ध्यान गर्न अन्य स्थानमा जान पर्ने बाध्यता हटेको समेत पौडेलले बताए ।








