गृहपृष्ठ खबर उच्च अदालतद्धारा भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश

उच्च अदालतद्धारा भिटेनलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं : अश्लील शब्द मिसाउँदै र्‍याप गाइरहेका भिटेन ुसमिर घिसिङु पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। गीत, संगीतलाई लिएर भिटेनलाई पक्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो।

अश्लील शब्द र महिलामाथि अपमानजनक गाली गरेको पछिल्लो म्युजिक भिडियोलाई लिएर प्रहरीले भिटेनको खोजी थालेको थियो। त्यसपछि उनले उक्त गीत युट्युबबाट हटाएका थिए।

घिसिङले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउँदै कात्तिक १६ मा उच्च अदालत निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिएका थिए।

सम्बन्धित् समाचार