गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगाबाट दुई जना ब्राउन सुगरसहित पक्राउ

कपिलवस्तुको बाणगंगाबाट दुई जना ब्राउन सुगरसहित पक्राउ

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगाबाट दुई जना ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनीलाई मंगलबार साँझ करिव ७ः३० बजे बाणगंगा नगरपालिका ७ बनगाईस्थित महरानी थारुको घरको एक कोठाबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट १.८७ ग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यलय पिपराका प्रमुख दिनेश गुरुङले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बाणगंगा नगरपालिका ७ बस्ने २६ बर्षीय प्रदेशी थारु र कपिलवस्तु नगरपालिका ९ हर्नामपुरका २४ बर्षीय धनिराम थारु रहेका छन् । उनीहरु माथि थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ । कपिलवस्तुमा केही समयदेखि लागुऔषधका कारोकारीहरुको संक्रियता बढेको छ ।

गुरुङ पिपरा प्रहरीको प्रमुखको रुपमा आईसकेपछि समाजमा घट्ने विभिन्न नकारात्मक क्रियाकलाप रोक्ने कार्यमा संक्रिय देखिएका छन् ।

 

सम्बन्धित् समाचार