गृहपृष्ठ अर्थ/वाणिज्य १० लाख घुससहित विधुत प्राधिकरणका इन्जिनियर रगेंहात पक्राउ

१० लाख घुससहित विधुत प्राधिकरणका इन्जिनियर रगेंहात पक्राउ

वागमती : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु. १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु। १० लाख रकम मागेका थिए ।

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार