गृहपृष्ठ खबर सैनामैनामा हालसम्म २ सय ८२ जना कोरोना संक्रमण मुक्त

सैनामैनामा हालसम्म २ सय ८२ जना कोरोना संक्रमण मुक्त

सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिकामा हालसम्म २ सय ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नगरमा रहेका ३ सय ४२ जना संक्रमित मध्ये २ सय ८२ जना कोरोना संक्रमण मुक्त भएका हुन् । शुक्रबार सैनामैना नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा हाल ६० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै होम आइसोलेशनमा ४४ जना , कोरोना अस्थाई अस्पताल बनकट्टामा १३ जना र अन्य अस्पतालमा ३ जना उपचाररत छन् । ४ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । संक्रमित हुनेमा वडागत विवरण अनुसार सबैभन्दा बढी वडा न. ४ का रहेका छन् । जसमा ५१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै वडा नं. १ मा ४९ जना, वडा नं। २ मा २५ जना, वडा नं. ३ मा ३८ जना, वडा नं. ५ मा २२ जना, वडा नं. ६ मा ३० जना, वडा नं ७ मा १६ जना, वडा नं. ८ मा ४२ जना, वडा नं. ९ मा १२ जना,वडा नं. १० मा २५ जना, वडा नं.११ मा २७ जना र अन्य ५ जना रहेका छन् ।

यसैगरी हालसम्म सैनामैनामा नगरपालिकाले १ हजार ६ सय ७३ जनाको कोरोना ९कोभिड १९ ० परीक्षण गरेको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार नगरमा हाल सम्म सस्थागत क्वारेन्टिनमा बस्नेको संख्या १ हजार ३ सय ६० छ भने होम क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ३६ रहेको छ ।

 

सम्बन्धित् समाचार