दर्शकको मन जित्दै लोकदोहरी गीत ‘ डाफेचरी ’ ले १० दिन मै ६ लाख भिवर्स

चर्चित गायक बसन्त लम्साल र गायीका शान्ति श्री परियारको स्वरमा सजिएको “डाँफे चरी “ गीतले दर्शकको मन जीत्दै गएको छ । गीतले १० दिन मै ६ लाख दर्शको भ्युउ पाएको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । भिडियोमा पल शाह र रियासा दाहाल र उशा उत्पेतीको अभिनय रहेको । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् ।झण्डै ६० वटा गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका अर्घाखचाी घर भई बुटवललाई बिगतएक दशक देखि कर्मथलो बनाएका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’,‘हाम्रो प्यारो अर्घाखाँची’ टीकटक खोल्दा तिम्रै भिडियो आउछ लगायतका दर्जनौं गीत चर्चित छन् ।








