
चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर एकस्थित एक घरको परालको टौंवामा आगलागी भएको छ । वडा नम्बर एक निवासी यमलाल घिमिरेको घरको परालको टौंवामा आज मंगलबार आगलागी भएको हो ।
आगलागी भए लगत्तै नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको संक्रियतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएता पनि घरमा रहेको एउटा भैसी भने घाईते भएको ईलाका प्रहरी कार्यलय पिपराले जनकारी दिएको छ ।

आगलागी मंगलबार दिउँसो करिब ३ बजेको समयमा लागेको वरिष्ठ समाजसेवी डोलकराम घिमिरेले वैखरी अनलाईनलाई जानकारी दिए ।








