गृहपृष्ठ खबर कपिलवस्तु प्रशासनले लगायो देउसी भैलो खेल्न र बिस्फोटजन्य पदार्थको प्रयोगमा रोक

कपिलवस्तु प्रशासनले लगायो देउसी भैलो खेल्न र बिस्फोटजन्य पदार्थको प्रयोगमा रोक

कपिलवस्तु : कोरोना भाईरसको महामारी फैलन सक्ने जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले देउसी भैलो खेल्न र बिस्फोटजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलवार ६ बुदे निर्देशन जारी गर्दै देउसी भैलो जस्ता भीडभाडजन्य कार्यक्रम नगर्न र बिस्फोटजन्य पदार्थको प्रयोग नगर्न आग्रह गरेका हो ।

प्रजिअ दीघै नारायण पौडेलले तिहार र छठ जस्ता चामडा मानिसको आवागमन र भीडभाड बढी हुने भएकाले कोरोना र्फैलन सक्ने भन्र्दै सचेत रहन आग्रह गरे । आफनो परिवारसंग सीमित रही चाडबाड मनाउनु पर्ने, जिल्ला भित्र कुनै भेला र महोसत्व नगर्न भनिएको छ ।

यस्तै आतिसबाजी पटाखा, झिरझिरे लगायतका बिस्फोटजन्य पदार्थको बिक्रीबितरण, प्रयोग र ओसरापोसारमा प्रतिबन्ध लगाइएको छ । भाडिभाड हुने गरी कुनै किसिमको मुर्ति बिर्सजन नगर्न तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदन्ड पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार