
चार नम्बर जीतपुर : वाणगंगा नगरपालिका वडा नं १ ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण संक्रमणबाट वडा पनि अछुतो नरहेकोले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउन वडा वासीहरुलाई आग्रह गरेको छ । वडामा कोरोना भाइरसबाट ५० जना भन्दा बढी संक्रमित भएको र मंगलबार ७० वर्षीय महिलाको मृत्यु भएका कारण सर्तकता अपनाउन आग्रह गर्दछु भनिएको छ ।
नजिकिँदै गरेका दिपावली र छठपर्वमा देउसीभैलो नखेल्न, पटका नपट्काउन, जुवातास लगायतका गतिविधिहरु नगर्न बुधबार एक प्रेस विज्ञप्ती जारी गरी अनुरोध गरिएको हो । “वाणगंगा नगरपालिका अन्तर्गत सबैभन्दा बढी प्रभावित वडा वडा नं १ सबै ठाउँमा पुगेर सहयोग समेत गर्दै आएकोमा हाल कन्ट्याक ट्रेसिङ रोकिएको भएतापनि यस नगरपालिकामा सो कार्य समेत गर्दै आइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ”
यस्तैगरी नजिकिँदै गरेको दिपावलीका कारण भिडभाड हुने भएकोले भिडभाड नगर्न ११ वटा टोल विकासका अध्यक्षलाई पत्र पठाएर नियन्त्रण गर्न अनुरोध गरिने वडा अध्यक्ष बालकुमारी पन्तले जानकारी दिनुभयो ।
हालसम्म नेपालमा कोभिड -१९ को औषधी नआइसकेकोले यसको उपचार भनेको अनावश्यक रुपमा घरबाहिर ननिस्कने र निस्कनै परे पनि सुरक्षाका मापदण्ड पालना गरी (मास्क, स्यानेटाइजर प्रयोग गर्ने र भिडभाडमा नजान)को लागि आग्रह गरीएको छ । हामी अहिले कोभिडका कारण वडावासी १ जना आमालाई गुमाइसकेका छौं र अव अरु कुनै बुबाआमा, दाजुभाई, दिदीबहिनी गुमाउनु नपरोस् र यसका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुनेछ भन्ने आशा राख्दछु वडा अध्यक्ष बालकुमारी पन्तद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै वडाले आउँदै गरेका दिपावली र छठपर्वको अवसरमा सम्पूर्ण वडावासीमा शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा वडा सदस्य झलकमल्ल ठकुरी, सचिव गोवीन्द आचार्य, वडाका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।








