गृहपृष्ठ खबर सुनिल थापालाई कांग्रेसले बनायो सहमहामन्त्री

सुनिल थापालाई कांग्रेसले बनायो सहमहामन्त्री

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ। सहमहामन्त्री बन्ने भएपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका थिए।

थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

 

सम्बन्धित् समाचार