गृहपृष्ठ खबर बाणगंगामा २१ जनामा कोरोना एक्टीभ केस, कात्तिक ६ गतेपछि स्वाब सकंलन भएन्

बाणगंगामा २१ जनामा कोरोना एक्टीभ केस, कात्तिक ६ गतेपछि स्वाब सकंलन भएन्

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा २१ जनामा कोरोना एक्टीभ केस रहेको छ ।

वडा नः १ मा २ जना, वडा नः २ मा ३ जना, वडा नः ३ मा १ जना, वडा नः ४ मा ३ जना, वडा नः ६ मा १ जना, वडा नः ७ मा ३ जना, वडा नः ८ मा ७ जना, वडा नः १० मा १ जना, र वडा नः ११ मा १ जना गरी २१ जनामा केस रहेको छ ।

पछिल्लो पटक कात्तिक ६ गते स्वाब सकंलन भएको थियो ।

त्यपछि हालसम्म स्वाब सकंलन नभएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । संक्रमित सबै होम आइसोलेसनमा रहेका छन ।

 

सम्बन्धित् समाचार