बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइमा रहेको प्रभात कम्प्युटर ईन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ असी सिट क्षमता रहेको एड्भान्स लेबलको कम्प्युटर तालिम कोर्स अध्ययन गर्न करिब १२० जनाले आवेदन र इन्ट्रान्स परिक्षा दिएका हुन् ।
कपिलवस्तुमा कोरोना कहर बढे संगै बन्द भएका विभिन्न शैक्षिक संस्थाहरू जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दै गए पछि नियमितरूपमा संचालन हुन लागेका छन् ।
विभिन्न कम्प्युटर तालिम एवम् शैक्षिक तालिमहरू संचालन गर्दै आएको प्रभात कम्प्युटर इन्स्टिच्युटले विषेश छुटका साथ शैक्षिक कार्यक्रमहरू संचालन गरिरहेको इन्स्टिच्युटका संचालक माधव पौडेलले जानकारी दिए ।








