गृहपृष्ठ खबर पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

कास्की : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । दुर्घटनामा यात्रु घाइते भएका छन् । प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ को कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ । श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार