गृहपृष्ठ खबर बाल श्रम शोषणको अन्त्यका लागी बेटर ब्रिक नेपालद्धारा पत्रकारसगं छलफल

बाल श्रम शोषणको अन्त्यका लागी बेटर ब्रिक नेपालद्धारा पत्रकारसगं छलफल

कपिलवस्तु जिल्लामा बाल श्रम शोषणको अन्त्यका लागी बेटर ब्रिक नेपालले पत्रकारसगं छलफल गरेको छ । बिशेष गरेर इट्टा भट्टाका उद्योगमा बाल श्रम शोषण अन्त्यका लागी बर्षौ देखि काम गर्दै आएको बेटर ब्रिक नेपालले कपिलवस्तुका सक्रिय पत्रकारहरुसगं छलफल गरेको हो ।

रुपन्देही र कपिलवस्तुका बिभिन्न १४ वटा इट्टा भट्टाका उद्योगमा कार्यरत मजुदरका बालबालिकालाई शिक्षा प्रदान गर्ने काम भई रहेको कार्यक्रम संयोजक दुर्गा अर्यालले बताए । कार्यक्रम लागु भएपछि हालसम्म ३ हजार बढि बालबालिकालाई घर घरमा शिक्षा भन्दै उद्योग भित्रनै पठनपाठनको ब्यवस्था मिलाएको संयोजक अर्यालले बताए ।

साथै अहिले पनि बिभिन्न उद्योगका ८९५ जना बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन भइ रहेको बेटर ब्रिक नेपालका सहजकर्ता दिबास घिमिरेले बताए । कार्यक्रममा जिल्लाका १ दर्जन पत्रकारहरुको ससहभागिता रहेको थियो । बाणगंगा नगरपालिकाको वडा नः ८ मा भएको कार्यक्रमको सञ्चालन बरिष्ठ सहजकर्ता कमल चौधरीले गरेका थिए ।

सम्बन्धित् समाचार