गृहपृष्ठ खबर महाराजगंजको भलवारीमा बर्थिङ सेन्टर संचालन

महाराजगंजको भलवारीमा बर्थिङ सेन्टर संचालन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको महाराजगंज नगरपालिका– ६ भलवारीमा बर्थिङ सेन्टर संचालन गरिएको छ । नगरपालिकामा संचालन भएको यो पाचौ बर्थिङ सेन्टर हो । यस अघि सिसवा, कुशाहवा, हदौना र महाराजगंजमा बर्थिँङ सेन्टर संचालन भई सकेका छन । मेयर अब्दुल कलाम खाले बर्थिङ सेन्टरको उदघाटन गदै यसको संचालनले ४ वडाका २५ गाउमा रहेका गर्भवति महिला लाभांवित हुने बताए ।

उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । ‘ हामीले स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेको छौ, हेरक वडामा बर्थिङ सेन्टर संचालन गर्नेै लक्ष्य छ ’ उनले भने । बर्थिङ सेन्टर संचालनका लागि नगरपालिकाले भवन निर्माण समेत गरेको छ ।

लुम्विनी प्रदेश सरकारले समेत केही सहयोग गरेको नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम कलवारले बताए । बर्थिङ सेन्टरका ७ जना कर्मचारीहरु छन । कार्यक्रममा नगर उपप्रमुख शोभावति कुर्मी वडा अध्यक्षहरु लगायतका सहभागीता थियो ।

 

सम्बन्धित् समाचार