गृहपृष्ठ खबर कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेला नलाउन प्रशासनको निर्देशन

कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेला नलाउन प्रशासनको निर्देशन

कपिलवस्तु : कोभिड १९ को जोखिम अझै कायम रहेको र संक्रमण बढ्न सक्ने भन्दै बाणगंगा नदीमा लाग्ने रामघाट र लक्ष्मणघाट मेला नलगाउन प्रशासनले निर्देशन जारी गरेको छ । भीडभाडले गर्दा कोरोना फैलन सक्ने भन्दै कार्तिक पुर्णिमाका दिन लाग्ने गरेका मेला यस बर्ष नलागउन प्रशासनले सुचना जारी गरेको हो ।

रामघाट मेला मंसिर १५ गते परेको छ । प्रजिअ दीर्घनारायण पौडेलले यस बर्ष कोरोनाको उच्च जोखिम रहेकोले भीडभाडका कुनै पनि कार्यक्रमहरु नगर्न आग्रह गरे । सुचना अवाज्ञा गर्नेलाइ संक्रमण ऐन २०२० अनुसार कारबाही प्रकृया अघि बढाईने प्रशासनले जनाएको छ । रामघाट जिल्ला कै सबै भन्दा पुरानो र ठुलो मेला हो ।

यस दिन बाणगंगा नदीको रामघाट,। लक्ष्मणघाट, बर्गदीघाट, हदौना लगायतका स्थानमा स्नान पछि मेला लाग्ने गर्दछ । भगवान राम बनबास जानेक्रमा प्यास लागे पछि बाणले हाने पछि पानी आएको थियो । त्यही बेला बाणगंगा नदीको उत्पत्ति भएको किमदन्ती छ । प्रशासनले निर्देशन दिए पनि रामघाट क्षेत्रमा स्नानकालागि सयौ श्रद्धालुहरु आईतवार राति नै ठाउ ठाउबाट पुगी सकेका छन ।

सम्बन्धित् समाचार