गृहपृष्ठ खबर सन्धिखर्कस्थित एक खोलामा एक जना मृत अवस्थामा फेला

सन्धिखर्कस्थित एक खोलामा एक जना मृत अवस्थामा फेला

अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित बाँगी खोलामा एक जना मानिस मृत अबस्थामा भेटिएका छन् । सन्धिखर्क स्थित बाँगी खोलाको सोन्ठेमा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हस्पिटल लाइनका ५५ वर्षिय लक्ष्मण न्यौपाने मृत अबस्थामा भेटिएका हुन् ।

ऊनी हिजो आइतबार दिउँसो ४ बजेदेखि घरबाट निस्किएको र घरमा नगएको परिबारले जनाएको छ । उनको शब आज सोमबार बिहान सन्धिखर्कको सोन्ठे स्थित बाँगी खोलामा भेटिएको थियो । न्यौपानेको खोलामा लडेर निधन भएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुमान रहेको छ ।

शबको थप अनुसन्धान र पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ ।

सम्बन्धित् समाचार