कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा रहेको बाणगंगा यातायात ब्यवसायी समितिको अधिवेशन मंसिर १९ र २० गते हुने भएको छ । समितिको १५ औ साधारण सभा तथा ८ औ अधिवेशन बैरीयामा रहेको मायादेवि रिर्सोटमा हुन लागेको हो ।
अधिवेशनमा पुर्व अध्यक्ष, सस्थापक पदाधिकारी तथा सदस्यहरु र बर्तमान महासचिवको अध्यक्षमा पदका लागी उम्मेदवारी रहने चर्चा रहेको छ ।
यस क्षेत्रका बिशेष गरेर ट्रक र टिप्परका ब्यवसायीहरुका छाता सगंठनका रुपमा रहेको बाणगंगा यातायात ब्यवसायी समितिका ४०० व्यवसायी रहेका र उक्त सभामा भाग लिन १९ गते बिहान १० बजे सम्पूर्ण सदस्य ज्यूहरुलाई उपस्थित हुन समितिका कार्यालय प्रमुख माधव प्रसाद न्यौपानेले आग्रह गरेका छन । कोरानाका कारण पटक पटक अधिवेशन सर्दै आएकोमा नियम सम्मत गर्न पर्ने भएकाले सबै सम्बन्धीत ब्यवसायीलाई उपस्थित हुन न्यौपानेले आग्रह गरेका छन ।
समितिको अध्यक्षमा हाल बिष्णु प्रसाद न्यौपाने, उपाध्यक्षमा बिष्णु पौडेल, महासचिव पदमा लक्ष्मण भुसाल, कोषाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा कमल क्षेत्री र गोपाल भट्टराई लगायत रहेका छन । साधारण सभा तथा अधिवेशन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सम्पन्न गरिने समितिका महासचिव लक्ष्मण भुसालले बताए ।