
बुटवल : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको अस्पताल लाइनमा बुधबार मध्यान्ह गुडिरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक बुटवल-८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
एकै दिशामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।








