गृहपृष्ठ विश्व आठ महिनापछि अस्ट्रेलिया भित्रिए अन्तर्राष्ट्रिय विद्यार्थी

आठ महिनापछि अस्ट्रेलिया भित्रिए अन्तर्राष्ट्रिय विद्यार्थी

प्रकाशित मिति:

आठ महिनापछि पहिलो पटक अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विध्यार्थीको लागि ढोका खुला गरेको छ। चार्ल्स डार्विन विश्वविद्यालयका ६३ अन्तर्राष्ट्रिय विद्यार्थी सिंगापुरबाट एक चार्टर फ्लाइटमार्फत आज डार्विन आइपुगेका हुन्।

सोमबार आइपुगेका ५ राष्ट्रका नयाँ र पुराना विद्यार्थीले डार्विन आउनुभन्दा ७२ घण्टा अगाडि कोरोना परीक्षण गरी भाइरस नभएको प्रमाण प्रस्तुत गरेका थिए।

उनीहहरु डार्विन आएपछि क्वारेन्टिनमा भने बस्नुपर्नेछ। मार्च २० पछि पहिलो पटक अस्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले फ्लाइटको खर्च ब्यहोरे पनि उनीहरुको क्वारेन्टिन खर्च भने विश्वविद्यालयले ब्यहोरेको छ।

डार्विन विमानस्थलमा अवतरण गर्ने बित्तिकै जापान, चीन, हङकङ, इन्डोनेसिया र भियतनामका ती विद्यार्थीलाई नर्दन टेरिटोरी सरकारद्वारा संचालित हावर्ड स्प्रिङ्ग्सस्थित क्वारेन्टिनस्थल लागिएको थियो, जहाँ उनीहरु १४ दिनसम्म अनिवार्य रूपमा बस्नुपर्ने छ।

कोरोनाभाइरसको महामारीका साथ राष्ट्रिय सीमा बन्द गर्ने मोरिसन सरकारको निर्णयपछि गत मार्च २० देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलिया प्रवेश गर्न  पाएका थिएनन्। चार्टर विमानमार्फत आज बिहान सिंगापुरबाट नर्दन टेरिटोरीको डार्विनमा विद्यार्थी ओर्लिएका हुन्।

नर्दन टेरिटोरी  सरकारले चार्ल्स डार्विन विश्वविद्यालयसँग मिलेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई ल्याउने तयारी थालेको थियो। जसका लागि राज्य सरकारले संघीय सरकारसँग अनुमति लिएको हो। कोभिडको महामारीका बीचमा अन्तर्राष्ट्र्रिय विद्यार्थी भित्र्याउने पहिलो राज्य डार्विन बनेको छ।

यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्तिको लागि पहल गरेको छ। हाल राज्य सरकारको अन्तिम निर्णयको पर्खाइमा रहेको छ। न्यु साउथवेल्सको हकमा भने २०२१ को प्रारम्भमा अन्तर्राष्ट्र्रिय विध्यार्थीलाई सुरक्षित तवरमा क्वारेन्टिनसहित आगमन खुला गर्ने लक्ष्य रहेको जनाएको छ।

सम्बन्धित् समाचार