
पेरिस : फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको ९४ वर्षको उमेरमा कोभिड १९ को संक्रमणबाट निधन भएको छ । पछिल्लो केही सातादेखि कोरोनाभाइरसको संक्रमणबाट भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो ।
आधुनिक फ्रान्सका प्रमुख नेताको रुपमा पनि भ्यालेरीलाई चिनिन्छ । १९७४ देखि लगातार ८ वर्ष राष्ट्रपति पदमा रहेका भ्यालेरीले फ्रान्सेली समाजलाई आधुनिकतातर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
फ्रान्समा आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाइने, मतदाताको उमेर २१ बाट १८ वर्षको मापदण्ड उनैले गराएका थिए । पदबाट हटेपछि पनि उनले यूरोपेली देशहरुबीचको सहकार्यमा जोड दिँदैआएका थिए ।








