कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले सार्वजनिक सम्पति संरक्षणमा सबै दायित्व रहेको बताएका छन । सोमबार बाणगंगा नदी क्षेत्रको अनुगमनपछि नगरपालिकाका हरेक सार्वजनिक सम्पतिमा सबैको हक र संरक्षणमा दायित्व बराबर रहेको उनले बताए ।
नदीजन्य पदार्थको चोरी भएको थाहा पाउन साथ वडा अध्यक्ष तथा नगरपालिकामा र प्रशासनमा खबर गर्न समेत सो अवसरमा उनले आग्रह गरेका हुन ।
उनले मजदुरलाई पुल क्षेत्रबाट नभई अन्य क्षेत्रबाट बालुवा बोकी जिविका पार्जन गर्न समेत आग्रह गरे भने नदीजन्य पदार्थको चारी निकासि गर्ने टेक्टर ब्यवसायीलाई थप कडा नियम बनाएर बारर्बाही गरिने बताए ।
अनुगमनपछि ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिनेश गुरुङले सो क्षेत्रबाट नबोक्न आग्रह गर्ने तथा अटेर गरेर कानुनत कारर्बाही समेत गर्ने बताए ।
वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसाल, नगरपालिकाका प्रशासकिय अधिकृत केशवराज भट्टराई, राजस्व फाट प्रमुख शान्ताराज आर्चाय सहित पत्रकार अशोक पौडेल, हरि घिमिरे लगायतको समेत सहभागिता रहेको थियो ।








