गृहपृष्ठ खबर भोलिबाट बाणगंगामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुंदै

भोलिबाट बाणगंगामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुंदै

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगामा भोलि देखि जिल्लामै पहिलो पटक खुल्ला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितको सम्पुर्ण तयारी पुरा भएको आयोजक बाणगंगा नगरपालिका वडा नंं. ४ ले जानकारी दिएको छ । बाणगंगा नगरपालिका वडा नं. ४ वडा कार्यालयको आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले १६ हजार पाउने क्लवका अध्यक्ष तथा प्रतियोताका संयोजक शुसिल सिहं ठकुरीले बताए । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने उनले बताए । साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दाका बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको छ ।

वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले करिव ७ लाखको लागतमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । उनले प्रतियोगिता अवलोकन गर्नका लागि सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई आग्रह गरेका छन् । अध्यक्ष क्षेत्रीले लागु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले सञ्चालन गर्न लागिएको प्रतियोगिताले कपिलवस्तु जिल्लालाई पनि चिनाउने विश्वास व्यक्त गरे ।

सो ब्याडमिन्टन प्रतियोगितामा काठमाडौं, हेटौडा तथा धनगडीका चर्चित राष्ट्रिय खेलाडीले समेत भाग लिने आयोजकले जनाएको छ । बिहान १० बजे नगर प्रमुख मंगल प्रसाद थारुको पमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जनाएको छ ।

 

 

सम्बन्धित् समाचार