गृहपृष्ठ खबर थपिए १ हजार २ सय १७ कोरोना संक्रमित, १ हजार ६४ डिस्चार्ज

थपिए १ हजार २ सय १७ कोरोना संक्रमित, १ हजार ६४ डिस्चार्ज

प्रकाशित मिति:

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ७ हजार २ सय ३२ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

 

सम्बन्धित् समाचार