गृहपृष्ठ खबर बाँकेमा कोरोना संक्रमणबाट शिक्षा अधिकृतको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट शिक्षा अधिकृतको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमण भएपछि उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा अधिकृत दानबहादुर विष्टको आइतबार मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ स्थायी घर भएका विष्टको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मंसिर २४ गते कोरोना परीक्षण गराएका विष्टलाई २५ गते कोरोना भएको पुष्टि भएको थियो ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै विष्टको निधन भएको भेरी अस्पतालले जनाएको छ । यसअघि पनि कोरोनाबाट नेपालगन्ज उपमहानगरपालिकाका जिन्सी सहायक र वडा नम्बर २ का सदस्यको मृत्यु भइसकेको छ ।

 

सम्बन्धित् समाचार