गृहपृष्ठ खबर ‘राजा आउ, देश बचाउ’ भन्दै कपिलवस्तुमा राजावादीहरु गर्जिए

‘राजा आउ, देश बचाउ’ भन्दै कपिलवस्तुमा राजावादीहरु गर्जिए

चार नम्बर जीतपुर : राजसंस्था माग गर्दै सोमबार कपिलवस्तुमा प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरुले कपिलवस्तमा प्रदर्शन गरेका हुन् । बाणगंगाको चार नम्बर जीतपुर चोकमा भेला भएका उनीहरु मोटरसाईकल ¥यालीसहित सदरमुकाम तौलिहवासम्म पुगी कोणसभामा परिणत भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न रोक लगाएको छ । तर पनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा हजारौंको हाराहारीका प्रर्दशनकारी सहभागी थिए ।

प्रर्दशनकारीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेज गरी राजसंस्थासंगै हिन्दु अधिराज्य स्थापना गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

कोणसभामा बिभिन्न वक्ताहरुले राजसंस्था पूर्नवहालीको माग गरेका थिए । प्रदर्शनकारीले राजतन्त्रको पक्षमा उभिन सबैलाई आवह्वान गरेका थिए ।

सम्बन्धित् समाचार