गृहपृष्ठ खबर दाङमा गुडिरहेको बसमा आगलागी

दाङमा गुडिरहेको बसमा आगलागी

दाङ : दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

 

annapurna post

 

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । सोमबार बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ  । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ । रासस

सम्बन्धित् समाचार