कपिलवस्तु : कपिलवस्तुको एक कार्यक्रमका वाक्ताहरुले कृषिमा आत्मानिर्भर हुनु पर्नेमा जोड दिएका छन । कपिलवस्तुको महाराजगंज नगरपालिका १० हरदौनामा रहेको विराट स्मार्ट कृषि गाँउको सार्वजनिकिकरण कार्यक्रममा बोल्ने वक्ताहरुहरुले कृषिमा आत्मा निर्भर हुनु पर्ने बताएका छन । लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक विकास सभापती दृर्घ नारायण पाण्डेले किसानहरुको हकहितका लागि प्रदेश सरकार कटिबद्ध तवरले लागेको बताउनु भएको छ ।
सभापती पाण्डेले किसान अघी बढे मात्र देश समृद्धी तर्फ अघी बढने बताउनु भयो । उहाले कृषकको लागि सरकारले विभिन्न योजना ल्याएकोले किसान कृर्षीमा आत्मा निर्भर हुनु पर्ने जोड दिनु भयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले किसानको लागि नगर हरपल हरदम तयार रहेको बताउनु भयो । किसानको लागि नगरले सिचाई र पशुमा अनुदानको व्यवस्था गरेको जानकारी दिनु भयो । नगर प्रमुख कलामले नगरपालिकाले सिचाईको लागि कृषकलाई पम्पीसेट अनुदान दिएको भन्दै अझै डिप बोरिगंको दिने बताउनु भयो ।
महाराजगंज नगरपालिकाको उपप्रमुख शुभावती कुर्मीले किसानहरुको लागि नगरले विभिन्न योजना ल्याएकोले कृषकहरुले लाभ लिनु पर्ने बताउनु भयो । नगरपालिका सदैव किसानको साथमा रहेको जोड दिनु भयो ।
हरदौना स्वास्थ्य चौकीमा सम्पन्न भएको सार्वजनिकिकरण कार्यक्रमको अध्यक्षता विराट स्मार्ट कृषि गाँउ कार्यक्रमका अध्यक्ष ओम प्रकाश बनियाले गर्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष बनियाले चालु आर्थिक बर्षमय गरिने कामको बारेमय नागरिकलाई जानकारी गराउनु भएको थियो ।
त्यस्तै कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भिम प्रसाद शर्माले किसानहरुको लागि स्र्मा कृषि गाँउले राम्रो फाइदा पु्याएको बताउनु भयो । शर्माले किसानहरुको लागि बर्ष भरी गरिने कार्यको बारेमा समेत जानकारी दिनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा महाराजगंज नगरपालिका १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले किसानको लागि वडा कार्यालय तम्तयार रहेको बताउनु भयो । किसानहरुको समास्य बुझेर सम्बोधन गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै कृषि अर्थ विज्ञ शिव पुजन गुप्ताले स्मार्ट गाँउमा उत्पादित तरकारीको लागि बजार व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा वडा सदस्य मैनुदिन मुसलमान, शिवराजी रैदास, बासुदेव अहिर, उषा रैदास लगायतको सहभागीता रहेको थियो ।