
गुल्मी : गुल्मीको मदाने र मालिका गाउँपालिकाका दुई स्थान प्याराग्लाइडिङ उडानको लागि उपयुक्त मानिएको छ। यी ठाउँमा हालै मात्र प्याराग्लाइडिङको सफल परिक्षण भएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले मालिका गाउँपालिका ४ को देउराली र मदाने गाउँपालिका २ को कसुरेडाँडामा प्याराग्लाइडिङको परिक्षण गरेको हो।
स्काई बर्ड प्याराग्लाइडिङ पोखराका पाइलट भुवन गाहाले आफुले परिक्षण गरेका मदाने र मालिकाका दुवै स्थान व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण भएको बताए। दुवै स्थान लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि राम्रो भएकाले अहिले छोटो दुरीबाटै उडान गर्न सुझाव दिए।
उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले कसुरेडाँडा र देउराली संराङकोटभन्दा राम्रो भएको बताए। ‘अहिले लामो दुरीको लागि खर्च बढि पर्छ, तत्काल छोटो दुरीको प्याराग्लाइडिङ गरौ,’गाहाले भने‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान नहुने कुरै भएन् ।’








