गृहपृष्ठ खबर बुद्ध सामुदायिक बन पटनाको आफनै भवन बन्दै, बन संरक्षणमा जुट्दै

बुद्ध सामुदायिक बन पटनाको आफनै भवन बन्दै, बन संरक्षणमा जुट्दै

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १० मा रहेको बुद्ध सामुदायिक बनले आफनै भवन बनाउन थालेको छ । बर्षौदेखि भवनबिहिन रहेको बुद्ध सामुदायिक बनले आफनै भवन बनाउन थालेको हो ।

 

करिव ८० लाखमा बन्न लागेको सामुदायिक बनको भवनको शिलन्यास गत असोजमा नेकपाका नेता बलराम अघिकारीले गरेका थिए । गोजीमा कार्यलय हुदा सेवा प्रवाहमा समस्या देखिएकाले आफनै भवन बनाउन लागेको बुद्ध सामुदायिक बनका अध्यक्ष अमर थापाले बताए ।

 

अध्यक्ष अमर थापाले सामुदायिक बनको कार्यालय हुदा गोष्टीदेखि छलफलका लागी पनि कार्यालयकै भवन प्रयोग हुने बताए । त्यस्तै बनका सचिव इनराज पन्थीले यसै बर्ष भवन बनाएर सक्ने योजना रहेको समेत बताए । सामुदायिक बनलाई संरक्षण गर्दै अतिक्रमण हटाउन आफुहरु लागी परेको समेत उनले बताए । १३७.७७ हेक्टरमा फैलीएका यस बनलाई संरक्षण गर्न सके दिर्घकालिन रुपमा सामाजिक बिकासमा फाइदा हुने बताए ।

सम्बन्धित् समाचार