संयुक्त एम्बुलेन्स चालक सघं कपिलवस्तुको साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिको वडा नः २ मा रहेको कोठीखोलामा संयुक्त एम्बुलेन्स चालक सघं कपिलवस्तुको तेस्रो साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रम संयुक्त एम्बुलेन्स चालक सघं कपिलवस्तुका जिल्ला अध्यक्ष मधु बेल्बासेको अध्यक्षता केन्द्रीय उपाध्यक्ष ठाकुर सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा केन्द्रिय सदस्य बिष्णु भट्टराई, जिल्ला उपाध्यक्ष कमल घिमिरे, रुपन्देहीका जिल्ला अध्यक्ष मन बहादुर गुरुङअ अर्घाखाचीका जिल्ला अध्यक्ष बोम बहादुर सनमाने लगायत २० बढिको सहभागिता रहेको थियो ।









