
चार नम्बर जीतपुर : कपिलवस्तुमा आफ्नै श्रीमति मार्ने फरार अभियुक्त चार बर्षपछि पक्राउ परेका छन् । शिवराज नगरपालिका ११ बस्ने २७ वर्षीय उसमान गनी मुसलमानलाई वडा प्रहरी कार्यलय चन्द्रौटाबाट खटिएको प्रहरी निरिक्षकको टोलीले प्रकाउ गरेको हो ।
उनले २०७३ साल साउन ३० गते रातीको समयमा २६ बर्षीय श्रीमति साजरा खातुनलाई घाँटी थिचेर ज्यान लिएका थिए । भारतमा लुकिछिपी बस्दै आएका उनलाई गाउँमा आएको विशेष सुचनाका आधारमा प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
जिल्ला अदालत कपिलवस्तुले अभियुक्तलाई थप सात दिन अनुसान्धनका लागी अनुमति दिएको छ ।








