गृहपृष्ठ खबर कपिलवस्तुको वाणगंगास्थित समृद्धि निर्माण सेवाद्धारा राजस्व छली

कपिलवस्तुको वाणगंगास्थित समृद्धि निर्माण सेवाद्धारा राजस्व छली

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका-७ वनगाईमा रहेको समृद्धि निर्माण सेवाले राजस्व छली गरेको छ। निर्माण कम्पनीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ गव्दहवा खोलामा नदीजन्य पदार्थ बिक्री गर्दा बदमासी गरेको पाइएको हो। उक्त कम्पनीले भ्याट बिलमा उल्लेख गरिएको रकम भन्दा बढी असुल्ने, गैर कानुनी तरीकाले नदीबाट उत्खनन गरेको छ।

गव्दहवा खोलामा गत आर्थिक वर्षका लागी कम्पनीले नदी जन्य पदार्थ उत्खनन र बिक्री वितरणको ठेक्का पाएको थियो। चालु आर्थिक वर्षमा नगरपालिकाले ठेक्का खोलेको छैन। तर, यस वर्ष समेत चोरी गरी बिक्री गरेको छ। कम्पनीले खोलाको बीच भागमा स्टक राखेको छ। जुन आफैँमा कानुन विपरीत रहेको छ। खोलामा स्टक भएपछि चोरी गर्न समेत सजिलो भएको गव्दहवका स्थानीयहरूले बताएका छन्‌।

​उत्खनन अनुमति छैन, तर खोलाबाट निकालिन्छ

मंगलबार दिउँसो साढे १ बजे लु १ त ५३९३ नम्बरको ट्याक्टरलाई खोलामा गई मिस्कट ल्याउँदै गरेको थियो। खोलाबाट ल्याएपछि ट्याक्टरलाई भ्याट बील काटिएको थियो।

जिल्ला प्रशासन कार्यालयले ठेकेदारलाई ११ हजार ९२ घन मिटर स्टक रहेको माल बिक्रीको लागि अनुमति दिएको छ। तर ठेकेदारले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी बिक्री गरेका थिए।

उक्त ट्याक्टरबाट ठेकेदारले ४७८ नम्बरको भ्याट बिलमा ६०० रुपैयाँमा १३ प्रतिशत भ्याट सहित ६७८ रुपैयाँको बिजक जारी गरेका थिए। तर, आफूसँग एक हजार रुपैयाँ लिएका चालकले बताए।

६ सय ६८ रुपैयाँको बील बनाई २८ सय असुली

समृद्धि निर्माण सेवाले गरेको अर्को गल्ती हो राजस्व छली। घाटगद्दी गरेको स्थलबाट ठेकेदारले १०० घन फिट ढुङ्गाको प्रति घनफिट ६ रुपैयाँका दरले ६०० को बील काट्ने गरेको छ।

भ्याटसहित ६ सय ७८ रुपैयाँ हुने भएपनि २ हजार ८ सय रुपैयाँका दरले असुली भइरहेको छ। ढुवानी गरेका चालकसँग यसबारे जानकारी लिन खोज्दा बढी रकम लिनुको कारण आफूलाई थाहा नभएको बताए।

स्रोत : थाहा खबर

 

सम्बन्धित् समाचार