गृहपृष्ठ खबर कपिलवस्तु डोरीतान संघको प्रथम अधिवेशन सम्पन्न

कपिलवस्तु डोरीतान संघको प्रथम अधिवेशन सम्पन्न

कपिलवस्तु : कपिलवस्तु डोरीतान संघको प्रथम अधिवेशन शनिवार गोरूसिङ्गेमा सम्पन्न भएको छ । अधिवेशनमा बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले खेलको विकासमा प्राथमिकता दिएको बताउनु भयो । डोरीतान , ब्याडमिन्टन, उसु, राष्ट्रपति कप, मेयर कप लगायतका खेल प्रतियोगिताबाट खेलाडीले प्रतिभा देखाउने अवसर पाएको बताउनु भयो।

कपिलवस्तुले दुवहीमा सम्पन्न दोस्रो मनमोहन डोरीतान प्रतियोगितामा प्रदेशको तर्फबाट प्रतिनिधित्व गरेको थियो ।उक्त प्रतियोगितामा उत्कृष्ठ खेलाडीको रुपमा पुरस्कृत भएको थियो । बुद्धभुमी नगरपालिकामा नगर स्तरीय खेल समेत सम्पन्न गरेको थियो । २०७५ साल पुस १४ गते स्थापना भएको संघले गोरुसिङ्गेमा कार्यालय राखी कृयाकलाप गर्दै आएको छ ।

संघले आगामी वर्ष देखि सबै पालिकामा समिती गठन गरि खेल गतिविधि सञ्चालन गरिने मिनराज बेल्वासेले बताउनु भयो । कार्यक्रममा कोषाध्यक्ष चन्द्रिका अर्याल ले १ लाख ५ सय ६५ रुपैयाको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

अधिवेशनमा खेलप्रेमी राजु शाक्य , योग संघका जिल्ला अध्यक्ष डा दिपक पन्थी , कंराते संघका जिल्ला अध्यक्ष रामु सुनार , प्याव्सन जिल्ला अध्यक्ष शिव गैरे , बुद्धभुमी नगरपालिका नगर प्रवक्ता पवन कुमार थारू, भिम पोख्रेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित् समाचार