
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा अजिङ्गरको बच्चा फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित त्रिनेत्र निम्न माध्यमिक विद्यालय सोनवरसाको कम्पाउण्डमा शुक्रबार उक्त अजिङ्गरको बच्चा भेटिएको हो । बिहान ११ बजे फेला परेको अजिङ्गर सर्पको बच्चा अनुमानित ५ फिट लामो रहेको बताइएको छ ।
सर्पलाई वन कर्मचारीहरुको टोलीद्वारा उद्दार गरि गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितीको वन क्षेत्र, चिरइ खोला, कोहीनाहव खोला र अर्रा खोला भित्र पर्ने जवाबैराठको वन क्षेत्रको उपयुक्त वासस्थानमा लगि छाडिएको छ ।
सर्पलाई वडा नम्बर १ का वडा अध्यक्ष इन्नर चौधरी, गुगौली सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संजय कुमार मिश्र, शसत्र वन रक्षक रुमलाल पाख्रेल, रेडियो विजयनगरका प्रतिनिधी शम्भु बिक लगाएत स्थानीयको रोहबरमा वनमा छाडी लुम्बिनी प्रदेश सरकारमा पत्र पठाइएको छ ।








