गृहपृष्ठ खबर गुल्मीमा ट्याक्टर दुर्घटना : १ को मृत्यु, २ घाइते

गुल्मीमा ट्याक्टर दुर्घटना : १ को मृत्यु, २ घाइते

गुल्मी : गुल्मीमाा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार मुसिकोट नगरपालिका–५ सिमलचौर निवासी ३१ वर्षकी पार्वती विक रहेकी छन् ।

मुसिकोट नगरपालिकाको वामीबाट तम्घासतर्फ आउदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर आइतबार दिउँसो वडानम्बर–४ को चिउरी डाँडामा दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

घाइते २ जनामध्ये एकजनालाई थप उपचारका लागि पाल्पा र अर्का एक जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको ।

 

सम्बन्धित् समाचार