गृहपृष्ठ खबर प्रचण्ड-नेपाल समूहले भन्दा पहिले नै ओलीले बोलाए केन्द्रीय समिति बैठक

प्रचण्ड-नेपाल समूहले भन्दा पहिले नै ओलीले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजे केन्द्रीय समिति बैठक बस्ने केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएको छ। प्रचण्ड-नेपाल समूहले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकअघि नै बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राखेका हुन्।

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको थियो।

तर ओली पक्षले भने त्यो विधानअनुसार स्थायी कमिटी बैठक नभएको बताउँदै आएको छ। ओली र प्रचण्ड-नेपाल पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्न केन्द्रीय समिति बैठक डाकेको स्रोतको दाबी छ।

 

सम्बन्धित् समाचार