गृहपृष्ठ खबर ओलीको बिरुद्ध कपिलवस्तुको चार नः जितपुरमा बिरोध प्रर्दशन

ओलीको बिरुद्ध कपिलवस्तुको चार नः जितपुरमा बिरोध प्रर्दशन

प्रकाशित मिति:

प्रधानमन्त्री केपी ओली बिरुद्ध कपिलवस्तुको चार नः जितपुरमा बिरोध प्रर्दशन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनको आयोजनामा रहेको प्रर्दशनमा प्रधानमन्त्रीले जनताको मतको कदर नगरेको भन्दै प्रधानमन्त्री बिरुद्ध नारा लगाएका थिए ।
जितपुर चोकमा भएको कोणसभालाई सम्बोधन बोल्ने वक्ताहरुले प्रधानमन्त्री ओलीले प्रतिगामी निरङकुश कदम चालेको बताएका छन । जितपुरको बिरोधमा जिल्ला नेता देखि केन्द्रीय बिद्यार्थी र युवा नेताहरुको सहभागिता रहेको थियो ।

 

 

यसैबिच कपिलवस्तुको चन्द्रौटामा भएको बिरोधको कोणसभालाई सम्बोधन गर्दै महिलन नेतृ सन्तोषि पाण्डेले जनताले दिएको मतको दुरुपयोग गरि संसद बिघटन गर्नु दुर्भाग्य रहेको बताउनुभयो । प्रधानमन्त्रीले चालेको कदम संविधान बिपरित रहेकोले तुरुन्त सच्याउन आम जनताको माग रहेको बताए ।

ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष गंगन बिकले देशमा भइरहेको अराजकतालाई हटाउन छोडेर जनतालाई सडकमा आउने वाध्यता बनाउन प्रयास गरेको बताए । जनताले स्पष्ट बहुमत दिएर काम गर्ने बेलामा सविद्यान बिपरित काम गर्ने अधिकार प्रधान्मनत्रीलाई नभएको भन्दै गलत कामलाई सच्चयाएर मिलर जान आग्रह गरे ।
भुमि अधिकार मंच जिल्ला सल्लाहाकार लालु नेपाली नागरिकहरुका समस्या बुझेर काम गर्ने समयमा आफैमा लडेर देशलाई अस्थीरता तर्फ धकेल्न नहुने बताउनुभयो ।सुकुम्बासीहरु समस्याहरुलाई सम्बोधन गर्ने समयमा राजनितिक बाहाना बनाउन लागि परेकोले होसियार रहन आग्रह गरे ।

सम्बन्धित् समाचार