गृहपृष्ठ खबर ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेकपा पुष्पकमल दाहाल प्रचण्ड पक्षको बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव परेको छ। जारी केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव परेको बैठकमा सहभागी एक नेताले बताए।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने प्रस्ताव परेको स्रोतले बतायो।

अध्यक्ष दाहाल पक्षले प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने बताइरहे पनि ओलीले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल पक्षको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई ल्याएका छन्।

 

सम्बन्धित् समाचार