गृहपृष्ठ खबर प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटायो

प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटायो

काठमाडौं : केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।
मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई उक्त पदमा लैजाने तयारी गरेको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो।

 

सम्बन्धित् समाचार