गृहपृष्ठ खबर प्रचण्ड संसदीय दलको नेतामा चयन

प्रचण्ड संसदीय दलको नेतामा चयन

प्रकाशित मिति:

काठमाडौं : नेकपाका बहुमत सांसदहरूको बैठकले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेतामा चयन गरेको छ। संसद् भवन नयाँ बानेश्‍वरमा बसेको प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो। संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको हो।

बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसद सहभागी भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन्।।यसअघि प्रचण्ड- नेपाल समूहको नेकपाको मंगलबारको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

मंगलबारको निर्णयसहित आफूहरु नै आधिकारिक नेकपा रहेको दाबीसहित प्रचण्ड(नेपाल समूह बुधबार निर्वाचन आयोग जाने तयारीमा पनि छ । प्रचण्ड नेपाल पक्ष समूहको वर्तमान प्रतिनिधिसभाका सदस्यहरुको सोमबार पनि बैठक बसेको थियो। बैठकमा ९० जना सांसदहरुको सहभागी थियो।

यसअघि ओली पक्षले मंगलबार केन्द्रीय कमिटी विस्तार गरी सदस्यहरुको नामावलीसहित निर्वाचन आयोगमा दर्ता गरिसकेको छ।

सम्बन्धित् समाचार