गृहपृष्ठ खबर संचारकर्मी क्षेत्रीद्धारा जन्मोत्सवमा शौक्षिक सामग्री वितरण

संचारकर्मी क्षेत्रीद्धारा जन्मोत्सवमा शौक्षिक सामग्री वितरण

चार नम्बर जीतपुर : संचारकर्मी अनिता क्षेत्रीले आफ्नो जन्मोत्सव गरिब, विपन्न बालबालिकालाई सहयोग गरि मनाएकी छिन् । क्षेत्रीले श्री नव दुर्गा आधारभूत विद्यालय बाणगंगा ७ मातिपुरडाडाँमा अध्ययनरत दुई गरिब, विपन्न छात्रछात्रालाई शौक्षिक सामग्री वितरण गरेकी हुन् ।

कक्षा ५ मा अध्ययनरत लक्ष्मी पुन र कक्षा ३ मा अध्ययनरत उनकै भाई सुजन पुनलाई क्षेत्रीले उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरेको बताईन् । आफ्नो सानो सहयोगले बालबालिकाको शैक्षिक भविष्यको यात्रामा केही न केही सहज परिस्थितको सिर्जना होस् भन्ने उद्देश्यका साथ आफुले सहयोग रहेको समेत उनले बताईन् । अर्घाखाँची स्थायी घर भएकी क्षेत्रीले विगतमा पनि जन्मोत्सवको अवसरमा सामाजिक कार्यतर्फ आफुलाई समायोजन गर्दै आएकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विद्यालयका प्रअ बलराम पाण्डेले क्षेत्रीलाई जन्मोत्सवको शुभकामना दिदै होटल, रेष्टुरेन्ट आदिमा गरिने अनावश्यक फजुल खर्चको साटोमा यस्ता सामाजिक कार्यतर्फ उन्मुख भई बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रम अनिता क्षेत्रीको अध्यक्षता, विद्यालयका प्रअ बलराम पाण्डेको प्रमुख आतिथ्यता, राधा पाण्डेको स्वागत मन्तव्य, अन्य संचारकर्मीको आतिथ्यता र दिपा महतको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार