
संविधानको रक्षा गर्नु नै नेपालि काग्रेंसको पहिलो प्राथमिकता रहेको माहमन्त्री शसांक कोईरालाले बताउनु भएको छ । कपिलवस्तुको चार नम्बर स्थीत श्री पेच रिसोर्टमा भएको नेपाल प्रेस युनियन कपिलवस्तु साखाको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली कांग्रेस र उसका भातृसंस्थाको आज ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कपिलवस्तु आउनु भएका कोईरालाले नेपालि काग्रेंसले गरेको विरोध कार्यक्रमहरु जतिपनि छन् यसले संविधानको रक्षा लागि मात्र भएको जानकारी दिनु भयो ।
नेपालि काग्रेंस कत्ति पनि डराउने वाला छैन चुनावको डटेर सामना गर्छ उहाले भन्नु भयो । त्यस्तै कार्यक्रमा बोल्दै कोईराललाले आउदो चुनावमा नेपालि कागे्रंस पहिलो पाटि हुने दाबि गर्नु भयो । अहिले भएको सदन विघटनको बिरोध गर्नुको कारण संविधान माथि कुठाराघात भएको र त्यसको संरक्षण गर्ने कर्तव्य नेपालि काग्रेंसको भएको उहाँको भनाई छ ।
काँग्रेसले ७० बर्ष देखी चाहना राखेको र शुसिल कोईरालाको पालामा बनेकाले समेत संबिधानको रक्षालाई पार्टीले पहिलो प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नु भयो । निर्वाचन कहिले हुने एकिन नभए पनि आउदो निर्वाचनमा काँग्रेस एक्लै जनता माझ जानु पर्नेमा उहाँले जोड दिनु भयो । अहिले जनताका बिच काँग्रेसको राम्रो माहोल बनेको कोईरालाको बुझाई छ । कम्युनिष्ट पार्टीको चुनाव चिन्हकै बिवादका कारण समेत बैशाखमा भने निर्वाचन हुन सक्ने अवस्था नभएको उहाँले बताउनु भयो । चुनाव जहिले भए पनि काँग्रेस एक ढिक्का भएर चुनावमा जाने वहाँको प्रतिक्रिया थियो । प्रेस युनीयनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा काँग्रेसका केन्द्रिय नेता मिनेन्द्र रिजाल, दिपक गिरी, गुरु घिमिरे, अतहर कमाल र काँग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतको सहभागीता रहेको थियो ।








